Logo

समाचार

पोखरामा आयन र एक्पेङ ईभीको मेगा सेल्स एन्ड एक्सचेञ्ज क्याम्प



काठमाडौं: आयन र एक्पेङका विद्युतीय सवारी साधनको आधिकारिक वितरक सिजी मोटर्सले पोखरामा मेगा सेल्स एन्ड एक्सचेञ्ज क्याम्प आयोजना गर्ने भएको छ।
एक्सचेञ्ज क्याम्पमा आयन र एक्पेङका विद्युतीय सवारीहरूमा आकर्षक बिक्री तथा एक्सचेन्ज अफरहरू उपलब्ध हुने कम्पनीले जनाएको छ ।
यसले प्रिमियम ईभी खरिदलाई अझ सहज बनाउने कम्पनीकव दाबी छ। ग्राहकले आकर्षक नगद छुट, अन-द-स्पट फाइनान्स सुविधा, १ वर्षको अटो प्लस बीमा, एक्सचेन्ज बोनस, वाल-माउन्ट होम चार्जर तथा चालु आर्थिक वर्षको वार्षिक रोड ट्याक्स सुविधाको लाभ लिन सक्नेछन्।
साथै, कार्यक्रम अवधिभर दैनिक लक्की ड्रको व्यवस्था पनि गरिने भएको छ। यो एक्सचेन्ज क्याम्प चैत ११ देखि १४, २०८२ सम्म सिजी अर्चलबोट, पोखरामा आयोजना हुनेछ।

 

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार १८:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।