Logo

विविध

मिथिलाञ्चल क्षेत्रमा भाई बहिनीबीचको प्रेम प्रतीक मनाउर्ने सामाचकेवा’ महोत्तरीको मटिहानीमा खेल्दै दिदीबहिनीहरु



मटिहानी, महोत्तरी । मिथिलाञ्चलको प्रसिद्ध सांस्कृतिक पर्व सामाचकेवा आज रातिदेखि उत्साहपूर्वक सुरु भएको छ । यो पर्व भाई–बहिनीबीचको अमर प्रेम र आत्मीय सम्बन्धको प्रतीकका रूपमा मनाइँदै आएको छ ।

यो पर्व मिथिला क्षेत्रमा परापूर्व कालदेखि निरन्तर चल्दै आएको सांस्कृतिक परम्परा हो । यसमा विशेषगरी सतभैया, समा, चकेवा, माली, चुगला लगायतका रंगीचंगी माटोका मूर्तिहरू, बाँसका डालामा रंगीन सजावटका साथ परम्परागर्त सामाचकेवा’ गीत गॉई मनाउने चलन रहेको छ ।

दिदीबहिनीहरूले सामाचकेवा पर्वको अवसरमा घर आँगनमा माटोको चौक बनाई मूर्तिहरू सजाउँछन्, गीत गाइन्छ, नाचगान गरिन्छ र भाईहरूको दीर्घायु तथा सुख–समृद्धिको कामना गरिन्छ ।

पर्वको धार्मिक कथा अनुसार, भगवान श्रीकृष्णकी छोरी सामा माथि अन्याय भएपछि उनका दाजु श्रीकृष्णले न्याय दिलाएको स्मरणमा यो पर्व मनाइने गरिन्छ । त्यसैदेखि सामा–चकेवा पर्व भाई–बहिनीको माया, विश्वास र एकताको प्रतीकका रूपमा स्थापित भएको मानिन्छ ।

आजदेखि शुरु भएको सामाचकेवा पर्व आउँदो पूर्णिमासम्म निरन्तर मनाइने परम्परा छ । पूर्णिमाको रातमा बहिनीहरूले सामाचकेवाका मूर्तिहरू र अन्य सामग्रीहरु विसर्जन गरी पर्व समापन गर्ने चलन रहेको छ ।

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलवार ०७:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।