काठमाडौं। नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग भेटगरी नेपालको अटोमोवाइल क्षेत्रको वर्तमान अवस्थाका विषयमा छलफल गरेको छ।
अटोमोवाइल प्रतिनिधिहरुसंगको सो भेटघाट तथा छलफलमा अध्यक्ष उपे्रतीले सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दै नेपालको अटोमोवाइल क्षेत्रलाई माथी उठाउन बर्तमान सरकारबाट आवश्यक नयाँ नीति नियमहरु आउने अपेक्षा रहेको बताउदै यसबाट सरकारले प्राप्त गर्ने राजश्वमा पनि वृद्धि हुने र रोजगारी पनि बढ्ने बताए।
सो छलफलको क्रममा मन्त्रीले सरकार राजश्व संकलनमा कसरी वृद्धि ल्याउने भन्ने सम्बन्धमा विचार गरिरहेको, राजश्वमा वृद्धि हुनेगरी करको दर घटाउन चाहेको, राजश्वको दायरा विस्तार गर्न लागेको भन्दै नीजिक्षेत्र मैत्री नीति ल्याइने आश्वासन दिए।
यसैक्रममा मन्त्री वाग्लेले सरकारले अनियमितता हटाउन आवश्यक पहल गर्ने, सडक निर्माणका लागि ठूलो लगानी गर्ने र आउदो बजेटका सन्दर्भमा नाडासंग पुनः छलफल गर्ने बताए।
सोहि छलफलको क्रममा अध्यक्ष उपे्रतीले नेपालको अटोमोवाइल उद्योग फष्टाउनका लागि आयातित कच्चा पदार्थहरुमा छुट दिनु पर्ने आवश्यकता रहेको भन्दै वर्तमान अवस्थामा सिकेडीलाई सजिलो भए पनि उद्योगहरुलाई भने कठीनाई भईरहेको बताए।





















प्रतिक्रिया