Logo

समाचार

फलफूल आयात सहजीकरण गर्न माग



काठमाडौँ । नेपाल फलफूल व्यवसायी महासङ्घले गैर भन्सार मार्गबाट हुने अवैध कारोबार नियन्त्रण गरी आयात सहजीकरण गर्न माग गरेको छ ।

महासङ्घका अध्यक्ष भरतप्रसाद खतिवडाले आज एक विज्ञप्ति जारी गरी फलफूल तथा तरकारीजन्य वस्तुका साथै केरा गैर भन्सार मार्गबाट हुने अवैध कारोबार नियन्त्रण गरी आयात सहजीकरण गर्न सरकारसँग माग गरेका हुन् ।

“अवैध कारोबारले गर्दा राज्यलाई दैनिक करोडौँको राजस्वसमेत गुम्न गएको छ, वैधानिक रूपमा व्यवसाय गर्ने व्यवसायीहरू मर्कामा पर्न गएको र उपभोक्ताले ३०० प्रतिशत सम्म महँगो मूल्य तिर्न बाध्य हुनुपरेको अवस्थालाई अन्त्य गर्नुपर्छ”, विज्ञप्तिमा भनिएको छ ।

विगत केही समयदेखि केरा आयातमा लगाइएको प्रतिबन्धका कारण नेपाली उत्पादन पर्याप्त नभएको अवस्थामा गैर भन्सार मार्गबाट केरा आयात भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलवार ०६:३८   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।