काठमाडौं । आज सुनचाँदीको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज सुनको मूल्य तोलामा २ लाख ९१ हजार ८ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला २ लाख ९१ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो ।
यसैगरी, आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ४८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा ४७ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।





















प्रतिक्रिया