काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।आज छापावाल सुनको मूल्य तोलामा २२ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज सुनको मूल्य तोलामा २ लाख ९६ हजार ७ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला २ लाख ९४ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो ।
यसैगरी, आज चाँदीको मूल्य तोलामा ८५ रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ४९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा ४८ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।





















प्रतिक्रिया