Logo

अर्थ

नेपाल इन्स्योरेन्सद्वारा कृषि पशुपन्क्षी तथा जडिबुटी बीमा अभिकर्ता तालिम सम्पन्न



काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले कृषि, पशुपन्क्षी तथा जडिबुटी बीमा अभिकर्ता तालिम तथा बीमा शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले कंचनपुर स्थित महेन्द्रनगरको होटल कलशमा बैशाख १८ गतेदेखि बैशाख २० गतेसम्म तिन दिने तालिम कायृक्रम सम्पन्न गरेको हो ।

कम्पनीको कृषि बीमा विभाग, केन्द्रीय कार्यालयका विपुल खरेलले प्रमुख सहजकर्ताको भूमिका निभाएर कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुलाई तालिम प्रदान गरेका थिए । सो कार्यक्रम भौतिक उपस्थिति तथा भर्चुवल दुवै माध्यम बाट एक साथ सम्पन्न गरेको छ ।

दार्चुला, बैतडी, डडेल्धुरा, कंचनपुर तथा देशका विभिन्न स्थान बार उल्लेख्य मात्रामा अभिकर्ता तालिममा सहभागी थिए।

सो तालिम कार्यक्रममा कम्पनीका तर्फबाट प्रादेशिक कार्यालय धनगढीका प्रमुख खेमराज अवस्थी तथा महेन्द्रनगर शाखा प्रमुख राजेन्द्र विष्टले समेत प्रशिक्षण दिएका थिए ।

बीमाको क्षेत्र तथा जोखिम न्युनिकरणका लागि बीमाको महत्त्व जास्ता कुराहरु तालिमबाट सिक्न पाएकाले आफ्नो योग्यता र विज्ञता अनुसारको कार्य गर्ने वैधानिक लाइसेन्स समेत प्राप्त हुँदा अतिरिक्त आम्दानी र स्वरोजगार हुने भएकोले उत्साहित भएको तालिममा सहभागीहरुले बताए ।

प्रकाशित मिति : २० बैशाख २०८३, आईतवार १४:२२   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।