काठमाडाैं । नेपाली स्वादका उत्पादनको बजार व्यवस्थापन गर्दै आएको अष्ट्रेलियाको सगुन ग्रुप र नेपालको चौधरी ग्रुपबीच सम्झौता भएको छ। पाँच वर्षका लागि गरिएको यो सम्झौताअनुरूप अब चौधरी ग्रुप (सिजी)बाट उत्पादित वस्तुहरूको अस्ट्रेलियाका लागि सगुन ग्रुप सोलाे वितरक र बजार व्यवस्थापक बनेको छ ।
सम्झौतामा उल्लेख भएअनुरूप अबबाट चौधरी ग्रुपका उत्पादनहरूको सगुन ग्रुपले अस्ट्रेलियामा कानुनी र आधिकारिक रूपमा बजार व्यवस्थापन गर्न पाउने भएको छ । अस्ट्रेलियामा विशेषत: वाइवाइ चाउचाउलगायतका सिजीका अन्य उत्पादनहरू बढी मात्रामा खपत हुने गरेको छ। सगुन ग्रुपसँगको सम्झौताले अस्ट्रेलियामा चौधरी ग्रुपका उत्पादनहरू झनै फैलने र विस्तार हुने अवसर पाउने धारणा चौधरी ग्रुपका ग्लोबल एक्स्पोर्ट हेड जीवन शर्मा आचार्यले बताए।
यसैबिच अस्ट्रेलियामा रहने प्रवासी नेपालीहरूमाझ चौधरी ग्रुपका उत्पादनहरू सहज तरिकाले पुर्याउन आफ्नो संस्थाले पुलको काम गर्न पाएकोमा सगुन ग्रुपका प्रमुख भूषण कक्षपतीले प्रसन्नता व्यक्त गरे । कक्षपतीले चौधरी ग्रुपले आफ्नो संस्थामाथि गरेको विश्वासको आफ्नो संस्था सधैँ कदर गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए ।





















प्रतिक्रिया