Logo

समाचार

सम्पत्ति शुद्धीकरण कसुरमा राम बहादुर बमजनले पाए सफाइ



काठमाडौं । सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले सफाइ पाएका छन् ।

लिटिल बुद्धको नामले चर्चित उनलाई जिल्ला अदालत सर्लाहीका न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले वैशाख ८ गते सफाइ दिएको हो।

बम्जनमाथि लगाइएको अभियोग नपुग्ने भन्दै अदालतले उनलाई सफाइ दिएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ ठूलो मात्रामा रकम बरामद भएको थियो । त्यसपछि उनीमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान गरेर मुद्दा चलाइएको थियो ।

यसका साथै बम्जनमाथि बाल यौन दूराचार तथा मान्छे बेपत्ता पारेको कसुरमा पनि मुद्दा चलाइएको थियो । उच्च अदालत जनकपुरले बाल यौन दूराचारको आरोपमा भने बम्जनलाई ६ चैत २०८१ मा सफाइ दिएको थियो । उच्च अदालत जनकपुरले सफाइ दिएको थियो । त्यसपछि उनी कारागारबाट छुटेका थिए ।

यसअघि जिल्ला अदालत सर्लाहीले १७ असार, २०८१ मा बम्जनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो । यसविरुद्ध उनी उच्च अदालत पुगेका थिए ।

२४ पुस २०८० मा सीआईबीले बूढानीलकण्ठबाट बम्जनलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २० बैशाख २०८३, आईतवार १७:१५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।