Logo

अर्थ

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा १३ करोड ३२ लाखमाथि, प्रतिसेयर आम्दानी कति?



काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्षको तेस्रो त्रैमास (साउनदेखि चैत)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणअनुसार कम्पनीको नाफा घटेको छ भने कुल बिमाशुल्क र खुद बीमा शुल्क आर्जन बढेको छ ।

२ अर्ब ६२ करोड २६ लाख रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको समीक्षा अवधिसम्ममा स्पेसल रिर्जभमा २ अर्ब ५५ करोड रुपैयाँ, महाविपत्ति कोषमा २२ करोड ६७ लाख रुपैयाँ रिटेन्ड अर्निङमा १८ करोड ८१ लाख रुपैयाँ र अन्य इक्विटीमा ५३ करोड ९४ लाख रुपैयाँ रहेको छ ।

अघिल्लो वर्षको असार मसान्तसम्म कम्पनीको स्पेसल रिर्जभमा २ अर्ब ५५ करोड रुपैयाँ, महाविपत्ति कोषमा २१ करोड ३४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४६ करोड ३२ लाख रुपैयाँ र अन्य इक्विटीमा ५२ करोड १८ लाख रुपैयाँ रहेको थियो ।

वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा १३ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म कम्पनीले २५ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो वषृको यसै अवधिको तुलनामा कम्पनकिो नाफा ४७ प्रतिशतले घटेको हो ।

समीक्षा अवधिसम्म कम्पनीले २ अर्ब ९७ करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको चैतसम्म कम्पनीले २ अर्ब ९४ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क सामान्य प्रतिशतले बढेको छ ।

कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ४७ करोड ४६ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म कम्पनीले १ अर्ब २९ करोड २४ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १४ प्रतिशतले बढेको हो ।

चालु आर्थिक वर्षको चैतसम्म कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी ६ रुपैयाँ ७७ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २३३ रुपैयाँ ६४ पैसा रहेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आईतवार ११:४५   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।