Logo

खेलकुद

‘क्यान’माथि कारबाहीको तयारी, मन्त्रालयले माग्यो ‘अन्तिम पटक चेताबनी’सहितको स्पष्टीकरण



काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले नेपाल क्रिकेट संघ (क्यान) माथि कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी सम्बन्धी छानबिनमा सहयोग नगरेको भन्दै मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।

मन्त्रालयका अनुसार क्यानले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ बमोजिम मन्त्रालय र परिषद्‌लाई बुझाउनुपर्ने लेखा र श्रेस्ता सम्बन्धी कागजातहरू उपलब्ध गराउन इन्कार गर्दै आएको छ। अख्तियारले २०८१ मङ्सिर र फागुनमा पटक(पटक पत्राचार गर्दा पनि क्यानले विवरण नबुझाएपछि फाइल अनिर्णित अवस्थामा रहेको मन्त्रालयको ठहर छ।

मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै क्यानलाई ‘अन्तिम पटक चेताबनी’ सहितको स्पष्टीकरण सोध्र निर्देशन दिएको छ। ऐनको दफा २९ बमोजिम क्यानलाई किन कारबाही नगर्ने र किन निलम्बन नगर्ने भनी जवाफ माग गरिएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आईतवार १५:०६   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।