Logo

अर्थ

हिमालयन लाइफको नाफा ४४.६५ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानी कति?



काठमाडौं । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीले २६ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४४.६५ प्रतिशतले कम हो ।

अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ४७ करोड २४ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिसम्म कम्पनीको महाविपत्ति कोषमा ४६ करोड ६६ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ९९ करोड ६३ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटी १ अर्ब ४२ करोड १८ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोषमा ४६ करोड ५९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ७० करोड २९ लाख रुपैयाँ रहेको थियो भने अन्य इक्विटी पनि १४ करोड ४३ लाख रुपैयाँले ऋणात्मक थियो।

चालु वर्षको चैतसम्म कम्पनीको जीवन बीमा कोषमा ८६ अर्ब ९ करोड ९२ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा ७३ अर्ब ७७ करोड १९ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार १६.७१ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म कम्पनीले १३ अर्ब २६ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो यही अवधिसम्म कम्पनीले १२ अर्ब ४९ करोड ५५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन ६.१८ प्रतिशतले बढेको छ।

कम्पनीले चालु वर्षको चैतसम्म १२ अर्ब ९३ करोड ६२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १२ अर्ब १८ करोड ३० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ६.१८ प्रतिशतले बढेको छ।

शेयरपुँजी ९ अर्ब १४ करोड ३२ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ३.८१ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ६.८९ रुपैयाँ थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ १००.४५ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आईतवार ११:२३   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।