काठमाडौं। बागमती प्रदेश सरकारले प्रशासनिक संरचना पुनर्संरचनाअन्तर्गत कार्यालयको संख्या घटाएको छ। २०१ कार्यालयको संख्या घटाएर १९१ मा झारिएको हो।
प्रदेश मन्त्रिपरिषद् बैठकले आठ मन्त्रालय मातहत १९१ कार्यालय रहने गरी नयाँ संगठनात्मक संरचना स्वीकृत गरेको हो।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा प्रदेशभर सञ्चालनमा रहेका अस्थायी, दोहोरो तथा कम प्रभावकारी कार्यालयको पुनरवलोकन गरी केही कार्यालय गाभ्ने, केही खारेज गर्ने र आवश्यकताअनुसार नयाँ कार्यालय स्थापना गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जनाए।




















प्रतिक्रिया