Logo

अर्थ

सुनको मूल्य बढ्यो, चाँदी घट्यो



काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढेको छ । यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अघिल्लो दिन २ लाख ८३ हजार २ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ३२० रुपैयाँ रहेको चाँदी आज ४ हजार ३१० रुपैयाँ कायम भएको छ । गत बिहीबार चाँदीको मूल्य ४ हजार ५०५ रुपैयाँ थियो ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार ११:३७   :  बजे

150
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।