Logo

प्रमुख समाचार

ऊनको स्वीटर उत्कृष्ट चलचित्र घोषित, मदनकृष्णलाई दीर्घ साधना सम्मान



काठमाडौं । ऊनको स्वीटर २०८२ को उत्कृष्ट चलचित्र घोषित भएको छ । यो चलचित्रले राष्ट्रिय चलचित्र पुरस्कार २०८२ मा उत्कृष्ट चलचित्रको उपाधि जित्न सफल भएको हो ।

शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गरेका हुन् ।

यस वर्षको प्रतिष्ठित ‘दीर्घ साधना सम्मान’ वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठलाई प्रदान गरिएको छ। चलचित्र क्षेत्रमा दशकौँदेखि पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै उनलाई नगद ३ लाख ७५ हजार रुपैयाँसहित सम्मान गरिएको हो ।

‘उनको स्वीटर’ ले उत्कृष्ट चलचित्रको उपाधि जित्यो भने सोही चलचित्रबाट नवीन चौहान उत्कृष्ट निर्देशक र मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित भए ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार १३:१२   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।