काठमाडौं । नेपाल आइडल सिजन २ का चर्चित गायक पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक भएको छ ।
पवन गिरीकै शब्द, संगीत र स्वर रहेको यस गीतले प्रेमभावलाई भावुक ढंगले प्रस्तुत गरेको छ । गीतको म्युजिक भिडियोमा कबिता न्यौपाने र सुनिल थापाको अभिनय देख्न सकिन्छ ।
प्रेम, भावना र सम्बन्धका विभिन्न पक्षलाई समेटिएको गीत दर्शकमाझ रुचाइने अपेक्षा गरिएको छ । गायक गिरीले ‘मन भारी’ आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।




















प्रतिक्रिया