काठमाडौँ। नेपाल एसबिआई बैंक लिमिटेडले सिंगापुरस्थित एशियन बैंकिङ्ग एण्ड फाइनान्स (एबीएफ) द्वारा प्रदान गरिने चारवटा प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ अवार्ड प्राप्त गरेको छ।
बैंकले होलसेल बैंकिङ्ग अवार्ड २०२६ अन्तर्गत ‘नेपाल डोमेस्टिक लिक्विडिटी म्यानेजमेन्ट बैंक अफ द इयर’ र ‘नेपाल डोमेस्टिक ट्रेड फाइनान्स बैंक अफ द इयर’ उपाधि जितेको छ।
त्यसैगरी, रिटेल बैंकिङ्ग अवार्ड २०२६ अन्तर्गत बैंकले ‘डोमेस्टिक रिटेल बैंक अफ द इयर – नेपाल’ र ‘एसएमई बैंक अफ द इयर-नेपाल’ अवार्ड प्राप्त गर्न सफल भएको हो।




















प्रतिक्रिया