काठमाडौँ । संवैधानिक परिषद्ले निर्वाचन आयोगको रिक्त प्रमुख निर्वाचन आयुक्तका साथै दुई आयुक्त सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शुक्रबार बसेको परिषद् बैठकले आयोगको प्रमुख निर्वाचन आयुक्तमा मान बहादुर कार्कीलाई सिफारिस गरेको छ भने आयोगका रिक्त आयुक्त पदमा गुरु प्रसाद वाग्ले र राजिव सुब्बालाई सिफारिस गर्ने निर्णय गरेको हो।
बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे प्रस्तावित व्यक्ति उपर छलफल नै नगरी सिधै सिफारिस गरिएको भन्दै आपत्ति जनाएका थिए ।
उनले आगामी दिनमा प्रस्तावित व्यक्तिहरू उपर पर्याप्त छलफलपछि मात्रै सिफारिसको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीलाई सुझाव दिए । साथै आङ्देम्बेले विपक्षी दलसँग संवादहीनताको अवस्था अन्त्य गर्दै छलफललाई निरन्तरता दिन पनि प्रधानमन्त्रीलाई सुझाव दिए ।




















प्रतिक्रिया