काठमाडौं । आमिर खान तेस्रो पटक वैवाहिक बन्धनमा बाँधिएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनले आफ्नी प्रेमिका गौरी स्प्र्याटसँग कानुनी रूपमा दर्ता विवाह (रजिस्टर म्यारिज) गरेका हुन्।
विवाह सम्पन्न भएपछि नवविवाहित जोडीको पहिलो तस्बिर सार्वजनिक भएको छ। सार्वजनिक तस्बिरमा आमिर र गौरी दुवै हर्षित मुद्रामा देखिएका छन्।
आमिरको यो तेस्रो विवाह हो। यसअघि उनले पहिलो विवाह रीना दत्तासँग गरेका थिए। उनीहरूबीच सम्बन्धविच्छेद भएपछि आमिरले दोस्रो विवाह किरण रावसँग गरेका थिए। पछि उनीहरूको वैवाहिक सम्बन्ध पनि अन्त्य भएको थियो।
लामो समयदेखि गौरीसँगको सम्बन्ध चर्चामा रहेका आमिरले अन्ततः उनीसँग वैवाहिक सम्बन्धलाई औपचारिकता दिएका हुन्।





















प्रतिक्रिया