काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू र आफ्नो पार्टीलाई कमजोर पार्ने प्रयासमा विगतका सरकारहरूले सबै शक्ति प्रयोग गरे पनि सफल हुन नसकेको दाबी गरेका छन्।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले आफूहरूविरुद्ध विभिन्न राजनीतिक र कानुनी दबाब सिर्जना गर्ने प्रयास गरेको आरोप लगाए।
उनले वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारसँग आफूलाई राजनीतिक रूपमा कमजोर पार्ने क्षमता नरहेको दाबी गर्दै विगतमा ओली नेतृत्वको सरकारले आफू र आफ्नो पार्टीलाई निष्क्रिय बनाउन विभिन्न रणनीति अपनाएको बताए।
‘यदि हामीले कुनै गल्ती गरेका थियौँ भने त्यसबेला नै जेल हाल्नेसम्मका प्रयास भएका थिए। हामीलाई कमजोर बनाउन सबै प्रकारका शक्ति प्रयोग गरियो, तर त्यसबाट पनि केही हासिल हुन सकेन,’ प्रचण्डले भने।
उनले आफ्नो पार्टीका सहसंयोजकमाथि अघिल्लो सरकारले मुद्दा चलाएको र आफूविरुद्ध दुबईमा १४० अर्ब रुपैयाँ रहेको भन्ने आधारहीन प्रचार गरिएको दाबी गर्दै त्यसप्रति असन्तुष्टि व्यक्त गरे। यस्ता गतिविधि राजनीतिक रूपमा बदनाम गर्ने उद्देश्यले गरिएको उनको आरोप थियो।





















प्रतिक्रिया