Logo

प्रमुख समाचार

राष्ट्रिय सभा बैठक बस्दै



काठमाडौं । राष्ट्रिय सभाको बैठक बस्ने आज बस्ने भएको छ । बैठक सोमबार अपराह्न १२ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो ।

बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का विभिन्न शीर्षकमाथि भएको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ कार्यसूची रहेको छ ।

बैठकमा युवा, श्रम तथा रोजगार मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालयको विनियोजन शीर्षकमा सांसदले उठाएका प्रश्नको जवाफ दिइनेछ ।

यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित प्रश्नको पनि मन्त्रीले संसद्मा जवाफ दिने कार्यसूची छ ।

बैठकमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बजेटबारे उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।

साथै महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको तर्फबाट पनि सम्बन्धित मन्त्रीले संसद्मा उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार ०७:३२   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।