Logo

खेलकुद

एनपीएलको तेस्रो संस्करणका लागि खेलाडी अक्सन आज हुँदै



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि खेलाडी अक्सन आज हुँदैछ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रत्येक फ्रेन्चाइज टोलीले अक्सनमार्फत थप दुई नेपाली खेलाडी अनुबन्ध गर्न पाउनेछ। अक्सनका लागि अन्तिम सूचीमा परेका १५५ खेलाडीमध्ये ५२ जना विभिन्न फ्रेन्चाइज टोलीमा आबद्ध हुनेछन्।

यसपटक अक्सनका लागि ३४७ खेलाडीले नाम दर्ता गराएका थिए। तीमध्ये छनोट प्रक्रियापछि १५५ जना अन्तिम सूचीमा समावेश भएका हुन्।

अन्तिम सूचीमा रहेका खेलाडीलाई तीन श्रेणीमा वर्गीकरण गरिएको छ। श्रेणी ‘ए’ मा ५, श्रेणी ‘बी’ मा २७ र श्रेणी ‘सी’ मा १२३ खेलाडी रहेका छन्।

एनपीएलको पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्स र दोस्रो संस्करणमा लुम्बिनी लायन्स च्याम्पियन बनेको थियो।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार १०:४९   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।