Logo

अर्थ

नेपाल आइपुगे एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डा, प्रधानमन्त्री बालेनसँग भेट्ने



काठमाडौं । एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डा दुई दिने भ्रमणका लागि नेपाल आएका छन् । आइतबार राति १० बजे काठमाडौं आइपुगेका अध्यक्ष कान्डालाई अर्थसचिव घनश्याम उपाध्यायले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

दुई दिने नेपाल भ्रमणमा रहने अध्यक्ष कान्डाले मंगलबा प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गर्ने छन् । कान्डा प्रधानमन्त्री बालेनले औपचारिक रुपमा भेट गर्ने पहिलो विदेश पाहुन हुने छन्।

त्यस अघि आज(सोमबार) दिउँसो ३ बजे अर्थमन्त्री डा.स्वर्णीम वाग्लेसँग भेट गर्ने छन् । त्यसपछि नेपालमा एडीबीको सहयोगमा निर्माण भएका विभिन्न विकास परियोजनाको भ्रमण तथा अनुगमन समेत गर्ने स्रोतले जनाएको छ ।

अर्थमन्त्रालय स्रोतका अनुसार कान्डाले नेपालका लागि केहि महत्त्वपूर्ण सहयोगहरुमा एडीबीकातर्पmबाट हस्ताक्षर गर्ने छन् ।

सोमबार बिहान एक्समा पोस्ट गर्दै कान्डाले आफू नेपाल निर्णायक घडीमा रहेको अवस्थामा नेपाल आएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘नेपालले पटक पटक दोहोरिइरहेका धक्काहरु र ठूलो परिवर्तनका बेलामा असाधारण उत्थानशीलता देखाएको छ । ३ अर्ब ९० करोड सक्रिय लगानी रहेको नेपालकै सबैभन्दा ठूलो विकास साझेदारको रूपमा हामीले यो उत्थानशीलतालाई दीर्घकालीन प्रगतिको रूपमा परिणत गर्न, थप अवसरहरु सृजना गर्न तथा दीर्घकालीन आर्थिक वृद्धिका आधार तयार गर्न नेपाललाई सहयोग गर्नेछौं ।’

प्रकाशित मिति : २२ असार २०८३, सोमबार १२:२९   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।