Logo

प्रमुख समाचार

काम नगर्ने प्रदेशमन्त्री थुन्छौं, मेयरलाई कारबाही गर्छौं: पूर्वाधारमन्त्री लम्साल



काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।

मन्त्री लम्साल आइतबार तनहुँ गएका थिए । त्यस क्रममा शुक्लागण्डकी नगरपालिकामा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरूसँग भेटघाट क्रममा मन्त्री लम्सालले दिएको अभिव्यक्ति अहिले चर्चामा रहेको हो ।

उनले काम नगर्ने प्रदेश मन्त्रीलाई थुन्ने र मेयरलाई कारबाही गर्ने चेतावनी दिएका थिए ।

‘कुनै मेयरले काम गर्नुभएन, जनतालाई अपहेलना गर्नुभयो, सेवामा लापरबाही गर्नुभयो भने त्यो केसमा पनि हामीलाई जानकारी गराउनुहोला। मेयरलाई पनि कारबाही गर्छौं हामी, प्रदेशका मन्त्रीले त्यो भन्नुभयो भने प्रदेशका मन्त्रीलाई नै थुन्छौं हामी, चिन्तै लिनुपर्दैन,’ पूर्वाधार विकास मन्त्री लम्सालले भने, ‘काम गर्नुपर्‍यो, काम गराउनुपर्‍यो।’

यसअघि उनले काम नगर्ने ठेकेदाहरूको खुट्टा भाँच्ने अभिव्यक्ति दिएका थिए । यो अभिव्यक्तिका कारण उनको निकै आलोचना भएको थियो ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार १४:३१   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।