Logo

समाचार

अर्थमन्त्री वाग्ले र एडीबीका अध्यक्ष कान्डाबीच भेटवार्ता



काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्ले र एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता भएको छ ।

अर्थ मन्त्रालयमा रहेको अर्थमन्त्रीको कार्यकक्षमा सोमबार अर्थमन्त्री वाग्ले र एडीबीका अध्यक्ष कान्डाबीच भेटवार्ता भएको हो ।

भेटमा अर्थमन्त्री वाग्लेले नेपालको विकासका लागि एडीबीका तर्फबाट भएको सहयोग र लगानी परिचालनका लागि अध्यक्ष कान्डालाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा निरन्तर सहयोगका लागि आग्रह गरे ।

 

प्रकाशित मिति : २२ असार २०८३, सोमबार १७:११   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।