Logo

राजनीति

टेरामक्स प्रकरणमा पूर्वमन्त्री बस्नेतले पाए सफाइ



काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिदमा पूर्वसञ्चार मन्त्री तथा कांग्रेस नेता मोहनबहादुर बस्नेतलाई सफाइ पाएका छन्।

विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बस्नेतलाई सफाइ दिएका हुन्।

यसको विपरीत केही आरोपितहरूलाई दोषी ठहर गरेको छ। अदालतले प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झा, सदस्यहरू धनराज ज्ञवाली र टीका उप्रेतीलाई दोषी ठहर गरेको हो। उनीहरूलाई ६ महिना कैद र ५० हजार रुपैयाँका दरले जरिवाना ठहर गरेको छ।

विशेष अदालतले उनीहरूलाई बिगो कायम गर्न नमिल्ने भन्दै जरिवाना मात्रै दाबी गरेको हो। अदालतले झालाई थप ६ महिना कैद सजाय सुनाएको छ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार २०:१०   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।