काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गत दुई महत्त्वपूर्ण विभागमा नयाँ नेतृत्व नियुक्त गरिएको छ ।
अर्थ मन्त्रालयले भन्सार विभागको महानिर्देशकमा सहसचिव यमलाल भुसाललाई नियुक्त गरेको जनाएको छ ।
विभागका निमित्त महानिर्देशक भरतमणि पाण्डेयलाई भने अर्थ मन्त्रालयबाहिर सरुवा गरिएको छ। त्यस्तै, भन्सार विभागको उपमहानिर्देशकमा सहसचिव प्रेमप्रसाद आचार्यलाई नियुक्त गरिएको मन्त्रालयले जनाएको छ ।
यस्तै, आन्तरिक राजस्व विभागको महानिर्देशकमा सहसचिव डा. भीष्मकुमार भुसाललाई नियुक्त गरिएको छ । हालका महानिर्देशक रमेश अर्याललाई अर्थ मन्त्रालयबाहिर सरुवा गरिएको मन्त्रालयले जनाएको छ।
अर्थ मन्त्रालयका अनुसार नयाँ जिम्मेवारी पाएका सहसचिव यमलाल भुसाल, डा. भीष्मकुमार भुसाल र प्रेमप्रसाद आचार्य हालै बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार अर्थ मन्त्रालयमा सरुवा भएर आएका अधिकारी हुन् ।
उनीहरूलाई सरुवापश्चात् मन्त्रालयअन्तर्गतका प्रमुख जिम्मेवारीमा खटाइएको मन्त्रालयले जनाएको छ ।




















प्रतिक्रिया