Logo

राजनीति

सरकारी जग्गामा बनेका ट्रेड युनियनका भवन ३ दिनभित्र खाली गर्न मन्त्रालयको आदेश



काठमाडौं  । भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी जग्गामा बनेका निजामती कर्मचारी ट्रेड युनियन तथा कर्मचारी संगठनका भवन तीन दिनभित्र खाली गर्न निर्देशन दिएको छ।

मन्त्रालयका अनुसार ट्रेड युनियन व्यवस्था र सम्बन्धित संगठनहरूको दर्ता खारेज भइसकेकाले ती संरचना प्रयोग गर्ने कानुनी आधार समाप्त भएको हो।

मन्त्रालयले तीन दिनभित्र भवन, कागजात, सम्पत्ति र साँचो बुझाउन निर्देशन दिँदै तोकिएको समयभित्र खाली नगरे प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ।

स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, नेपाल स्वास्थ्यकर्मी संघलगायतका संगठनले प्रयोग गरिरहेका भवन खाली गर्न भनिएको छ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार २१:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।