काठमाडौँ। सम्पत्ति शुद्धीकरण विभागले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई सात दिनभित्र उपस्थित हुन पुर्जी जारी गरेको छ।
सम्पत्ति शुद्धीकरण सम्बन्धी जाँचबुझका क्रममा आवश्यक विवरण बुझ्न विभागले उक्त पुर्जी जारी गरेको हो। पुर्जी बुढानिलकण्ठस्थित देउवा निवासमा टाँस गरिएको छ।
यसअघि विभागले शेरबहादुर देउवा र आरजु राणालाई पनि बोलाइसकेको छ। देउवा दम्पतीले साउन मसान्तसम्म विभागमा उपस्थित हुने जानकारी दिएका छन्।
.jpeg)





















प्रतिक्रिया