काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। आज सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँ कायम भएको छ । हिजो सुन प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो ।
यता, आज चाँदी तोलामा ३० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी तोलामा ४ हजार ५५५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी ४ हजार ५८५ रुपैयाँमा कारोबार भएको थियो ।




















प्रतिक्रिया