काठमाडाैं । स्थानीय बजारमा सुनको मूल्य आज पनि घटेको छ । आज सुनको मूल्य २ हजार ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यो गिरावटसँगै आज सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन २ लाख ८७ हजार १ सय रुपैयाँमा कारेबार भएको थियो ।
आज चाँदी पनि सस्तिएको छ । चाँदी १६० रुपैयाँले घट्दै प्रतितोला ४ हजार ३४० रुपैयाँमा सीमित बनेको छ ।




















प्रतिक्रिया