Logo

अर्थ

५ वर्षमा विद्युत प्रशारण लाइन निर्माणका लागि ४१ अर्ब लगानी चाहिने



काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले ५ वर्षमा ४१ अर्ब लगानी आवश्यक पर्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको विद्युतीय पुर्वाधारमा चुनौती विषयक कार्यक्रममा श्रेष्ठले विद्युत प्रशारण लाईन निर्माणका लागि आगामी पाँच वर्षमा ४१ अर्ब लगानी आवश्यक रहेको बताएका हुन् ।

९८ प्रतिशत घर धुरीमा विद्युत वितरण पुगेको बताउँदै उनले हाल ५९ लाख १६ हजारभन्दा बढी ग्राहक रहेको बताए ।

हाल मुआब्जा वितरण, जग्गा प्राप्ती लगायतका विषयमा समस्या रहेको उनको भनाइ छ । जलविद्युत उत्पादन मात्र प्रयाप्त नभएको बताउँदै सुदृढ, भरपर्दो, र आधुनिक प्रशारण प्रणाली नै नेपालको उर्जाको सुरक्षा, आर्थिक रुपान्तरण र समृद्धिको आधार भएको बताए ।

हाल ४ हजार १३० मेगावाट विद्युत उत्पादन भइरहेको उनको भनाइ छ । सन् २०३५ सम्ममा २८ हजार ५ सय मेगावट पु¥याइने लक्ष्य लिइएको छ ।

५ वर्षे रणनीति अनुसार अल्पकालिन रणनीतिमा अवरोध हटाउने, मध्यकालीन रणनीतिमा संरचनात्मक सुधार गर्ने र दीर्घकालिन रणनीतिमा ४०० केभी ब्याकबोन र स्मार्ट ग्रिड बनाउने रहेको छ ।

नेपालको जलविद्युत क्षमताको वास्तविक आर्थिक प्रतिफल मात्र प्रयाप्त नहुने बताउँदै त्यसका लागि ४०० केभी प्रसारण सञ्जाललाई विना कुनै प्राविधक सम्झौता सञ्चालन गर्न सकिने बताए ।

आगामी कदमको रुपमा विभिन्न खालका अवरोधहरु हटाउँदै ऐन, मापदण्ड लागू गर्दै, दक्ष संस्थागत प्रणालीको निर्माण गरेर मात्रै उर्जाको रक्तसञ्चारलाई निर्वाध प्रवाह गर्न सक्षम हुने उनको भनाइ छ ।

प्रकाशित मिति : ३२ असार २०८३, बिहीबार १८:४४   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।