Logo

अर्थ

दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न आदेश



काठमाडौं । जिल्ला अदालत काठमाडौंले व्यवसायीहरु दिपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले तीन फरक मुद्दामा उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको हो । तर सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा विशेष अदालतको आदेशले उनीहरु थुनामै छन् ।

जिल्ला अदालत, काठमाडौँले एक साता लामो निरन्तर सुनुवाइपछि बिहीबार थुनछेक आदेश जारी गरेको हो ।

जिल्ला अदालतले बीमा ऐन अन्तर्गतको कसुरमा सुलभ अग्रवालसँग दुई करोड रुपैयाँ धरौटी माग गरेको हो भने दिपक भट्टसँग एक करोड ५० लाख धरौटी माग गरेको छ ।

धितोपत्र सम्बन्धित अर्का मुद्दामा सुलभसँग अदालतले दुई करोड ३० लाख धरौटी माग गरेको छ ।

विशेष अदालतले धितोपत्र सम्बन्धी तेस्रो मुद्दामा अग्रवालसँग एक करोड ५० लाख र दिपक भट्टसँग एक करोड रुपैयाँ धरौटी माग गरेको हो ।

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार १०:४९   :  बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।