Logo

अर्थ

सेयर बजारमा ४१ अंकको वृद्धि, ५ अर्ब ५१ करोडमाथिको कारोबार



काठमाडौं । आज सेयर बजार भारी अंकले बढेको छ । नेप्से परिसूचक ४१.७० अंकले बढेर २,७१९ को विन्दुमा कायम भएको छ ।

आज २३९ कम्पनीको सेयर मूल्य बढेको छ भने ३२ कम्पनीको मात्रै सेयर मूल्य घटेको छ ।

आज ५ अर्ब ५१ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको सेयर कारोबार भएको छ । यस कम्पनीको २९ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको २४ करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एभरेष्ट कलरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १४.९७ प्रतिशतका दरले कमाएका हुन् । रिज लाइन इनर्जीका लगानीकर्ताले १४.६४ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ६.८६ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार १५:१८   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।