Logo

समाचार

उच्च अदालत विराटनगरमा दुई वर्ष नाघेका मुद्दा शुन्यमा झर्‍यो



विराटनगर । उच्च अदालत विराटनगरमा दुई वर्ष नाघेको मुद्धाको संख्या शुन्यमा झरेको छ । उच्च अदालत विराटनगरले सोमबार पत्रकार भेटघाट कार्यक्रम गरी उक्त जानकारी दिएको हो ।

आर्थिक वर्ष २०८२/०८३ मा १८ महिना नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष अदालतले लिएको भए पनि जेन्जी आन्दोलनका कारण अदालत जलेर तीन महिना सम्म काम प्रभावित भएको थियो ।

उच्च अदालत विराटनगरको काम तीन महिना प्रभावित भएकाले  १८ महिना नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष पुरा हुन नसकेको  रजिष्ट्रार जगदीशप्रसाद भट्टले बताए । उच्च अदालत विराटनगरमा १८ महिना नाघेका ८७ वटा मुद्दा फछ्र्यौट हुन बाँकी रहेको छ ।

गत आर्थिक वर्ष अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ३ हजार ३ सय ६३ र  नयाँ दर्ता भएका ३ हजार ७ सय ९४ गरी कुल ७ हजार १ सय ५७ मुद्धा उच्च अदालतमा रहेका थिए ।

जसमध्ये ४ हजार ९९ मुद्दा फछ्र्यौट भएका छन् भने ३ हजार ५८ वटा मुद्दा फछ्र्यौट हुन बाँकी रहेको अदालतले जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार २१:२३   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।