Logo

प्रमुख समाचार

बौद्ध गेट नजिक एक युवती गरिन् आत्मदाह प्रयास, कीर्तिपुरमा उपचार हुँदै



काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्ध गेट नजिक एक युवतीले आत्मदाह प्रयास गरेकी छन् ।

काभ्रेको तेमाल गाउँपालिका–३ घर भई बौद्ध बस्दै आएकी २७ वर्षीय सालु गुरुङले राति २ः५० बजे पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी हुन् ।

गुरुङले आफ्नै खाजा पसलको पछाडिको पार्किङमा आत्मदाह प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

एसपी भट्टराईका अनुसार घाइते अवस्थाकी श्रीमतीलाई श्रीमानले शुस्मा कोइराला मेमोरियल अस्पताल साखु पु¥याएका थिए । त्यहाँबाट थप उपचारका लागि कीर्तिपुरको बर्न अस्पतालमा रिफर भइसकेको छ ।

सालुले श्रीमानसँगको विवादपछि आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ । उनको अनुहार, छाती र दुवै हातमा गरी अन्दाजी ५० प्रतिशत जलेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलवार १०:०७   :  बजे

147
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।