Logo

समाचार

हर्क साम्पाङलाई जानकी मन्दिर छिर्न नदिने हिन्दुवादी संगठनको अडान, बिरोध कायमै



जनकपुरधाम । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ जानकी मन्दिर दर्शन गर्न आउन लागेपछि हिन्दुवादी संगठनले विरोध जनाएका छन् ।

मंगलबार अध्यक्ष साम्पाङ जानकी मन्दिरमा दर्शन गर्न आउन लागेकोमा उनको विरोधमा नारावाजी गरिएको छ । सम्राट सेना लगायतका हिन्दुवादी संघ संस्थाले ‘जय श्री राम’, ‘हर्क साम्पाङ मुर्दाबाद’, ‘हिन्दू विरोधी मुर्दाबाद’ लगायतको नारा लगाउँदै विरोध जनाएपछि प्रहरीहरु र उनीहरुबीच ठेलमठेल भएको हो ।

अध्यक्ष साम्पाङ जनकपुरधामको जानकी मन्दिर दर्शन गर्न आउन लागेकोमा हिन्दू सम्राट सेनाका धनुषा जिल्ला अध्यक्ष विनीत यादव, कोषाध्यक्ष लक्ष्मी साह, राष्ट्रिय एकता अभियानका केन्द्रीय कोषाध्यक्ष मनिष पूर्वेलगायत ५०-६० जना युवाहरु छुट्टाछुट्टै ग्रुप बनाएर जानकी मन्दिरको वरिपरि तथा प्राङ्गनमा छरिएर बसेका छन् ।

यस सम्बन्धमा धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले सुरक्षा व्यवस्था कडा गरिएको बताएका छन् । उनका अनुसार प्रतिनिभिसभा सदस्य समेत रहेका साम्पाङलाई सुरक्षा दिन प्रहरी तयार रहेको छ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलवार १४:११   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।