काठमाडाैं । सुनको मूल्य आज पनि बढेको छ । आज सुनको मूल्यमा प्रतितोला ५ हजार ४ सय रुपैयाँ बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँ रहेको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला ४ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ३७० रुपैयाँ रहेको थियो।





















प्रतिक्रिया