काठमाडौं । सेयर बजार आज दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १४.१७ अंकले बढेर २,७२६ को विन्दुमा कायम भएको छ ।
आज १५३ कम्पनीको सेयर मूल्य बढेको छ भने १११ कम्पनीको मूल्य घटेको छ ।
आज ४ अर्ब ६९ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको सेयर कारोबार भएको छ । यस कम्पनीको २८ करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एभरेष्ट कलरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै कुथेली बुखरी स्मल हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले गुमाएका छन् ।




















प्रतिक्रिया