Logo

अर्थ

सेयर बजारमा दोहोरो अंकको वृद्धि, ३ अर्ब ७५ करोडकाे कारोबार



काठमाडौं । आज साताको अन्तिम कारोबार दिन सेयर बजार बढेकाे छ । आज नेप्से परिसूचक १२.९६ अंकले बढेर २,६८५ को विन्दुमा कायम भएको छ ।

आज १८० कम्पनीको सेयर मूल्य बढेको छ भने ८२ कम्पनीको मूल्य घटेको छ ।

आज ३ अर्ब ७५ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिडी पावरको सेयर कारोबार भएको छ । यस कम्पनीको १७ करोड २६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एभरेष्ट कलरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै बोटलर्स नेपाल तराईका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ५.३३ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार १५:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।