Logo

पर्यटन

ब्रोड पिक हिमपहिरो: दुई पर्वतारोहीको शव स्कार्दु ल्याइयो, शनिबारदेखि उद्धार कार्य सुरू



काठमाडौं। पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा बिहीबार परेको विनाशकारी हिमपहिरोमा ज्यान गुमाएका दुई पर्वतारोहीको शव शुक्रबार स्कार्दु ल्याइएको छ।

पाकिस्तानी सेनाको हेलिकप्टरले ओमानकी प्रख्यात पर्वतारोही नाधिरा अल हार्थी र नेपालका पुरबहादुर गुरुङ (‘युक्त’) को शव स्कार्दु आधार शिविरमा पुर्‍याएको आधार शिविरमा पुर्‍याएको जनाइएको छ। अल हार्थी सगरमाथा आरोहण गर्ने पहिलो ओमानी महिला थिइन्।

विश्वचर्चित पर्वतारोही निर्मल पुर्जासहित १० जना आरोही टोली बिहीबार बिहान ६,६०० मिटर उचाइमा हिमपहिरोको चपेटामा परेका थिए।

गिलगिट-बाल्टिस्तान प्रहरी र आल्पाइन क्लब अफ पाकिस्तानका अनुसार जमिनी उद्धार टोलीले सुरुमा चारवटा शव फेला पारेको थियो, जसमध्ये पछि दुईवटा मात्र सफलतापूर्वक बाहिर निकालेर स्कार्दु ल्याइएको हो।

बेपत्ता पर्वतारोहीहरूमा निर्मल पुर्जाका साथै नेपाली आरोही किली पेम्बा शेर्पा, निमा शेर्पा, ग्याल्बु शेर्पा र नवाङ थिन्डु शेर्पा पर्छन्। टोलीमा पाकिस्तानी आरोही सोहेल साखी, चिनियाँ आरोही वाङ चोङ र अमेरिकी आरोही म्यालोरी गाइस पनि सामेल छन्।

खराब मौसमका कारण सुरुमा हेलिकप्टर उडान रोकिएको थियो। मौसम अनुकूल भएमा बाँकी छवटा शव पत्ता लगाउने र आधार शिविरमा ल्याउने काम शनिबार बिहानैदेखि पुनः सुरु हुने अपेक्षा गरिएको छ।

आल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष मेजर जनरल इर्फान अर्शदले सरकारी अधिकारीहरूसँग मिलेर हेलिकप्टर र उद्धार स्रोतसाधन दुर्गम हिमाली क्षेत्रमा पठाउने काम भइरहेको बताएका छन्।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार १९:४५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।