Logo

समाचार

बागमतीका ९१ स्थान सवारी दुर्घटनाको उच्च जोखिममा



काठमाडौं । बागमती प्रदेशका उपत्यकाबाहेक १० जिल्लाका ९१ स्थान सवारी दुर्घटनाका दृष्टिले उच्च जोखिमयुक्त रहेको तथ्य सार्वजनिक भएको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगर चितवनले सार्वजनिक गरेको तीन वर्षको तथ्याङ्कअनुसार चितवन, धादिङ र मकवानपुर दुर्घटनाका हिसाबले सबैभन्दा संवेदनशील जिल्लामा परेका छन्।

तथ्याङ्कअनुसार तीन आर्थिक वर्षमा प्रदेशभर ५ हजार ८७२ सवारी दुर्घटना हुँदा ९५९ जनाको मृत्यु भएको छ भने ११ हजार ६९९ जना घाइते भएका छन्।

दुर्घटना न्यूनीकरणका लागि स्पीड गन, एएनपीआर क्यामेरा, डिजिटल ई–चलान र अन्य प्रविधिको प्रयोगसँगै २६ हजारभन्दा बढी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १७ श्रावण २०८३, आईतवार १९:३८   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।