काठमाडौं।नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दोस्रो बजार सुधारका कार्यक्रम कार्यान्वयन गर्न सरोकारवालासहितको समिति गठन गरेको छ।
आर्थिक वर्ष २०८३/८४ को बजेट र पुँजी बजार नीतिअनुसार गठित समितिले मार्जिन लेन्डिङ, इन्ट्राडे कारोबार, धितोपत्र सापटी तथा उधारो र आवरणयुक्त सर्ट सेलिङ सञ्चालनका लागि आवश्यक कानुनी, प्राविधिक तथा प्रक्रियागत खाका तयार गर्नेछ।
बोर्डले सुधार कार्यक्रमलाई चार चरणमा अघि बढाउने जनाएको छ। पहिलो चरणमा मार्जिन लेन्डिङ, त्यसपछि इन्ट्राडे कारोबार, धितोपत्र सापटी तथा उधारो सुविधा र अन्तिममा आवरणयुक्त सर्ट सेलिङ लागू गरिनेछ। सेबोनका अनुसार समितिले मार्जिन लेन्डिङसम्बन्धी नियमावलीको मस्यौदामाथि छलफल सुरु गरिसकेको छ।




















प्रतिक्रिया