काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत कम्पनीहरूलाई आर्थिक वर्ष २०८३/८४ का लागि धितोपत्रको वार्षिक नवीकरण शुल्क असोज मसान्तभित्र बुझाउन आग्रह गरेको छ । नेप्सेले आज एक सूचना जारी गर्दै आर्थिक वर्ष २०८३/८४ का लागि धितोपत्रको वार्षिक नवीकरण शुल्क बुझाउन सूचीकृत कम्पनीहरुलाई आग्रह गरेको हो ।
नवीकरण शुल्क असोज मसान्तसम्म बुझाउन सकिने नेप्सेले जनाएको छ । तोकिएको समयमा नवीकरण शुल्क नबुझाएमा नवीकरण शुल्कको वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने साथै धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ अनुसार सूचीकरण स्थगन गर्न सकिने नेप्सेले प्रस्ट पारेको छ ।
विनियमावलीअनुसार चुक्तापुँजी ५० करोड रुपैयाँसम्म भएका कम्पनीले ५० हजार रुपैयाँ र ५० करोड रुपैयाँभन्दा माथि चुक्तापुँजी भएका कम्पनीले १ लाख रुपैयाँ तिर्नुपर्छ । यसैगरी डिबेन्चर र म्युचुअल फन्डले ५० करोड रुपैयाँसम्म चुक्तापुँजी भएमा २५ हजार रुपैयाँ र ५० करोड रुपैयाँभन्दा माथि भएमा ५० हजार रुपैयाँ तिर्नुपर्छ ।





















प्रतिक्रिया