Logo

अर्थ

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले घटेको छ ।

बुधबार प्रतितोला ३ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ लाख ६ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

त्यस्तै, चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ४ हजार ७४५ रुपैयाँ रहेको चाँदी आज बढेर ४ हजार ७५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

 

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार ११:३४   :  बजे

186
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।