Logo

राजनीति

हेलो सरकारमा एक सातामै ६ हजार ६०८ गुनासा



काठमाडौं । हेलो सरकारमा पछिल्लो एक सातामा ६ हजार ६०८ वटा गुनासा तथा उजुरी प्राप्त भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार पोर्टल र फोनमार्फत ती गुनासा प्राप्त भएका हुन्।

कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार हेलो सरकारको पोर्टलमार्फत ३ हजार ४९६ वटा गुनासा दर्ता भएका छन्। तीमध्ये २ हजार २२५ वटा सम्बन्धित निकायमा पठाइएको, २ हजार २१ वटा समाधान भएको र ९८१ वटा फर्छ्योट गरिएको कार्यालयले जनाएको छ।

त्यस्तै, गुनासो सुनुवाइका लागि हेलो सरकारले ३ हजार ११० वटा फोन कल उठाएको छ। फोनमार्फत प्राप्त गुनासामध्ये २ हजार १७७ वटा व्यवस्थापन गरिएको र १० वटा रद्द गरिएको कार्यालयको विवरणमा उल्लेख छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अबदेखि हरेक शुक्रबार साताभर भएका कामकारबाहीको विवरण सार्वजनिक गर्ने जनाएको छ।

 

   

 

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार २०:४०   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।