Logo

कर्पोरेट फोकस

नेपाल एसबिआई बैंकद्वारा पोखरामा तीन संस्थालाई सहयोग



काठमाडाैं । नेपाल एसबिआई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विभिन्न संस्थालाई सहयोग गरेको छ । बैंकले पोखरामा सार्वजनिक सुरक्षा, स्वास्थ्य सेवा तथा शिक्षाको क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले तीन भिन्न संस्थालाई सहयोग गरेको हो ।

बैंकले फेवातालमा उद्धार कार्यमा प्रयोग हुने उद्धार उपकरण सुरक्षित रूपमा भण्डारण गर्न सशस्त्र प्रहरी बल, नेपाललाई रुफट्रस निर्माणका लागि सहयोग गरेको छ । त्यस्तै, रक्तसञ्चार सेवाको सुदृढीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी, कास्कीलाई पोर्टेबल ब्लड ब्याग ट्युब सिलर प्रदान गरेको छ ।

त्यसैगरी, नेपाल–भारत मैत्री पुस्तकालयलाई भौतिक पूर्वाधार विस्तार तथा पुस्तक एवं पत्रपत्रिका खरिदका लागि सहयोग प्रदान गरिएको बैंकले जनाएको छ । उक्त सहयोग सामग्री भारतीय स्टेट बैंकका उपप्रबन्ध निर्देशक किशोरकुमार पोलुदासु तथा नेपाल एसबिआई बैंकका अध्यक्ष मुनीषकुमार चान्दनाले एक कार्यक्रमबिच सम्बन्धितलाई हस्तान्तरण गरे ।

कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, सञ्चालकहरू रितेश सिन्हा, भरतराज वस्ती, अप्सरा उप्रेती, भारतीय स्टेट बैंकका महाप्रबन्धक मो. रिजवान आलम, उपमहाप्रबन्धक प्रिय रञ्जनको उपस्थिति थियो । सोही कार्यक्रमा एसबिआईका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेशकुमार पन्डा, प्रमुख अनुपालन अधिकृत विष्णुदेव यादव, प्रमुख व्यवसाय पवर्द्धन अधिकृत प्रवीनमुनि बज्राचार्यलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार ११:४३   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।