Logo

मनोरञ्जन

फिल्म ‘एलिफेन्ट्स इन द फग: तिनीहरू’लाई प्रधानमन्त्रीको शुभकामना



काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपालबाट अस्कर अवार्डका लागि सिफारिस भएको तथा एसिया प्यासिफिक स्क्रिन अवार्डमा विभिन्न विधामा मनोनयनमा परेको फिल्म ‘एलिफेन्ट्स इन द फग : तिनीहरू’ लाई बधाइ तथा शुभकामना दिएका छन् ।

प्रधानमन्त्री शाहले फिल्म अस्करका लागि सिफारिस भएको र एसिया प्यासिफिक स्क्रिन अवार्डमा मनोनयनमा परेको जानकारीसहितको ग्राफिक्स तस्वीर सामाजिक सञ्जालमा सेयर गर्दै दर्शकलाई फिल्म हेर्न आग्रह गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै गरेको यो चलचित्र अहिले देशभर दोस्रो सातामा प्रदर्शनरत छ ।’

अविनाशविक्रम शाह निर्देशित ‘एलिफेन्ट्स इन द फग : तिनीहरू’ ९९औँ एकेडेमी अवार्ड्स (Oscars)का लागि नेपालबाट छनोट भएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८३, आईतवार १४:१६   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।