Logo

अर्थ

सेयर बजारमा दोहोरो अंकको वृद्धि, ५ अर्ब ४९ करोडकाे कारोबार



काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेरको छ । नेप्से परिसूचक ११.९३ अंकले बढेर २,६२४ को विन्दुमा कायम भएको छ । आज १७७ कम्पनीको सेयर मूल्य बढेको छ भने ८५ कम्पनीको मूल्य घटेको छ ।

आज ५ अर्ब ४९ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सिद्धार्थ बैंकको सेयर कारोबार भएको छ । यस बैंकको ३३ करोड ६२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस लघुवित्तका लगानकिर्ताले १२.४३ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै हाथवे इन्भेष्टमेन्ट कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले २.९७ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार १५:१५   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।