Logo

अर्थ

असोज महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुनको कति?



काठमाडौं । वाणिज्य बैंकहरुले असोज महिनामा लागू हुने ब्याजदर आज सार्वजनिक गरेका छन्।

२० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको सूचीअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर औसतमा भदौको तुलनामा असोजमा ०.०४६ प्रतिशत बिन्दुले घटेको छ। यसअघि भदौमा पनि साउनको तुलनामा ०.०३१५ प्रतिशत बिन्दु घटेको थियो ।

भदौमा व्यक्तिगत मुद्दतीमा वाणिज्य बैंकहरुको अधिकतम ब्याजदरको औसत दर ४.१३६० प्रतिशत रहेकोमा असोजमा ४.०८९६ प्रतिशत कायम भएको छ । साउनमा यो दर ४.१६७५ रहेको थियो।

भदौको तुलनामा असोजमा ४ वाणिज्य बैंकले ब्याजदर केही घटाएका छन् भने १६ ले स्थिर राखेका छन्। असोजमा ब्याजदर घटाएका बैंकमा नबिल, एभरेस्ट, स्टान्डर्ड र कुमारी छन्। स्थिर राख्नेमा सिटिजन्स, ग्लोबल आइएमई, माछापुच्छ्रे, नेपाल, एनआईसी एसिया, एनएमबि, प्राइम कमर्सियल, राष्ट्रिय वाणिज्य, नेपाल एसबीआई, कृषि विकास, सिद्धार्थ, प्रभु , हिमालयन, सानिमा, लक्ष्मी सनराइज र नेपाल इन्भेस्टमेन्ट रहेका छन्।

व्यक्तिगत मुद्दतीमा कुन बैंकको ब्याजदर कति ?

 

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार १२:१७   :  बजे

771
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।